ताजा समाचार

प्रधानन्यायाधीशको नियुक्ति माग राख्दै  सर्वोच्चमा परेको रिट खारेज

काठमाडाैं २४, जेष्ठ । प्रधानन्यायाधीशको नियुक्ति हुनुपर्ने माग राख्दै  सर्वोच्च अदालतमा दायर दुई वटा रिट खारेज भएका छन्।

प्रधानन्यायाधीशको सिफारिसमा तेस्रो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश चोलेन्द्रशमसेर जबराको इजलासले कारण देखाउ आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको हो ।

लामो समयदेखि अदालतमा प्रधानन्यायाधीश रिक्त रहेको भन्दै अधिवक्ता सन्तोष भण्डारी, लक्ष्मीप्रसाद पोखरेलले रिट दायर गराएका थिए।

न्यायपरिषदले प्रधानन्यायाधीशका लागि एक नम्बरमा दीपकराज जोशी, २ नम्बरमा ओमप्रकाश मिश्र र ३ नम्बरमा चोलेन्द्रशमसेर जबराको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org