ताजा समाचार

ऐनामा देखिए जस्तै आकृति बनाउने यादव कहिले बन्लान पेशागत चित्रकार ?

काठमाडाैं २५, जेष्ठ । सिसाकलमको टुप्पोबाट दुरुस्तै आकृति उतार्न सक्ने मात्र नभई क्यारिकेचर समेत गर्ने अद्भुत कला भएका व्यक्ति एकै मानिस हुन भन्दा अलि पत्याउन नसकिएला तर यस्तै एक जना मानिस जो कला भएर पनि व्यवसायीक बन्न कुनै कदम चालेका छैनन् । उनी हुन् यादव आचार्य !

नेपाली साहित्यमा अत्यधिक रुचि भएका उनी त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायमा नेपाली बिषयमा एमएड गर्दै छन् । नेपाली साहित्य र भाषामा अत्यन्तै रुचि भएका उनी स्केच बनाउनमा त्यत्तिकै माहिर छन् ।

किर्तिपुरको एउटा कोठामा उनको दैनिकी भिन्न ढंगले चलेको छ । उनको कोठामा एउटा खाट, ग्यास चुल्हो, बाल्टिन र एत्रतत्र छरिएका कापी कितावको बिचमा सिसाकलमको थुप्रो छ । सानो टेबुलले उनलाई चित्र कोर्दा होस या साहित्य अध्यन सघाइ रहेको छ ।

यतिमात्रै नभई उनी क्यारिकेचर समेत गर्छन् । काठमाडौबाट दुरदराजमा रहेको विकट जिल्ला रुकुममा जन्मेका उनको बाल्यकाल भने त्यति सुखद रहेन । उनको परिवार माओवादी आन्दोलनसँगै कैलाली बसाई सर्यो । उनले औपचारिक शिक्षा झण्डै १४ वटा स्कुलबाट प्राप्त गरे ।

उनी स्केच कोर्थे तर निरन्तरता भने थिएन । जव काठमाडैं अध्यनको सिलसिलामा आए तव उनी दैनिकजसो चित्र कोर्न थाले । भाषा र साहित्यलाई आफ्नो भविष्य निर्देश गर्ने बाटो ठानेका उनी ठ्याक्कै एक बिषयलाई भने रोज्दैनन् । चित्रलाई भाषा र भाषालाई चित्र नभई कुनैपनि बिषयले न्याय नपाउने तर्क छ उनको ।

वाल्याकाल सम्झदै उनले थपे स्कुलमा पढ्दा शुक्रवार नआउने विद्यार्थीबाट लिइएको गयल शुल्कवाट थुप्रै पटक पुरस्कार जितेको समेत बताए । क्यारिकेचर समेत गर्न सक्ने उनी चर्चित हास्यकलाकार हरिवंश आचार्यबाट सुरुवात गर्दै छन् । चराचुरुङ्गीको आवाज निकाल्ने उनले बिस्तारै मानिसको गर्ने योजना छन ।

जव उनको दिमागमा अनेकन तर्कहरु खेल्छन तव उनी चित्र कोर्ण थाल्छन् । चित्र कोर्णलाई सुनसानले मात्रै पुग्दैन जव कसैसंग झगडा पर्छ, कसैले उनलाई चलाउछ तव भने रिसको झोकमा उनी लाग्छन चित्रकला तर्फ ।

दिनमा ३ देखि ४ घण्टामा निद्रा पुर्याइसक्ने आचार्य स्केच बनाउदा रातमा सुत्न सम्म भुल्छन । एकान्त मन पराउने आचार्य चित्र कोर्दा मानिस कोहि नआए हुन्थ्यो भन्ने लाग्ने बताउछन् । एकपटक उनको घरवेटीले ढोका ढकढक्याउदा बनाएको चित्र च्यातेको मात्र नभइ उल्टै झगडा गरेको समेत सम्झन्छन् । उनलाई स्मरण छ स्केच बनाउदा बिहानको आठ बजिसकेको रहेछ तर उनलाई भने पत्तो नै थिएन ।

थुप्रै स्केच बनाइसकेका उनले बनाए वापत कसैबाट पैसा नलिएको तर मान्छेहरुले आफै रिचार्ज पठाइदिने गरेको बताउछन् । आखिर किन लिदैनन् त उनले पैसा भन्दा उनको जवाफ थियो ”साथी कमाउन सके चिता (घाट) सम्म पुग्छ तर पैसा कमाए अस्पताल मात्र” । आचार्य जति सरल देखिन्छन त्यति दमदार बोलि बोल्छन् । साहित्य रस मिसाएर बोल्ने उनी जीवन र जगतका बारेमा फरक धारणा रहेको जनाए ।

तर, अव भने व्यवसायिक रुपमै स्केच बनाउने सोचमा पुगेका उनी हात र खुट्टाको बिचमा रहेको पेटलाई शान्ति दिन पनि यस्तो गर्नु पर्ने बताउछन् ।

सामाजिक सञ्जालमा सक्रिय उनी रातको १२ बजे अगाडि सुतेको याद छैन भन्छन् । कहिलेकाहि त झन उनी चित्रकलामा यतिसम्म अभ्यस्त हुन्छन की मानिस मर्निङवाक हिडिरहेका हुन्छन तर उनी भने न सुत्न सक्छन न मर्निङवाक जान नै ।

घरका सदस्यको खुशीका लागि पढाई रोजेका उनी अन्तत: कला देखाएरै जीवन धान्ने दाउमा छन् ।

उनले अन्त्यमा थपे आफ्नो कलालाई निखार्न सुधार्न प्रेरणा दिने मानिसहरु भीम रसाइलि, गुरुहरु मुरलिधर घिमिरे, उमेश काफ्ले, रविकिरण अधिकारी, गीता खनाल,गणेश बाेहरार राजेन्द्र खनाललाई नसम्झि बस्नै सकेनन् । सधै हाैसल्ला दिने उनका साथीहरु जनकराज जाेशी, पुस्करराज पन्त, सिद्धराज शर्मा, गाेकर्ण जाेशी, सन्ताेषसिह बिष्ट,मनिस सुबेदि, सुमन निराैला, यज्ञराज खतिवडा र राजाराम ढुङ्गानालाई समेत आफ्नो कलालाई चिन्देकोमा धन्यवाद ज्ञापन गर्न भ्याए ।

उनको कलालाई साच्चिकै राज्यले चिन्यो र उनले यसैमा भविष्य देखे भने उनका चित्रले गगन चुम्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org