ताजा समाचार

कालिमाटीका व्यापारीको बर्गिकरण, रातो स्टीकर पाएका व्यवसायीलाई होला त कारवाही ?

काठमाडौं २५, जेष्ठ । काठमाडौंको कालिमाटीस्थित कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई रातो, निलो, पहेलो र सेतो गरेर चार भागमा बर्गीकरण गरिएको छ ।

कालिमाटीमा विचाैलियाको विगविगि बढेसंगै सरकारले यसको नियन्त्रण गर्नका लागि गरेका प्रयासहरु खासै प्रभावकारि नभएको गुनासोका वावजुत यसरी व्यापारीको बर्गिकरण गरिएको जनाइएको छ ।

किसान, व्यापारी र कृषि बजार निर्देशनालयको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा बर्गीकरण गर्दै चित्तबुझ्दो जवाफ नआए सम्झौता रद्द समेत गर्ने निर्णय गरेको हो ।

बजारमा नियमित नआउने, कारोवारमा संलग्न नहुने, विदेशमा बसेर अरुलाई नै व्यवसाय गर्न लगाउने वा भाडामा पसल दिने व्यवसायीले रातो स्टिकर पाएका छन् ।
त्यस्तै, बजारमा कहिलेकाँही उपस्थित हुने र आफन्तबाट बजार सञ्चालन गर्ने व्यवसायी निलो बर्गमा परेका छन् भने व्यवसायी आफै उपस्थित भएर पनि अरुसहित राखेर कारोवार गर्ने व्यवसायीले पहेँलो स्टिकर पाएका छन् ।

बजारमा राम्रो काम गर्ने व्यवसायीले भने सेतो स्टिकर पाएका छन् । रातो पाउनेमा ९९, निलो पाउनेमा १३१, पहेँलो २०९ र सेतो १५९ व्यवसायी छन् ।

केहि दिन पहिले कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले कालिमाटी बजारको अवलोकन गर्दै त्यहाको व्याप्त समस्यालाई निराकरण गर्ने भन्दै एक्न लिएका थिए ।

कालिमाटिमा कहिले केहि त कहिले कहि बहानामा तरकारीको मूल्य बढाउने, बजारमा कृतिम अभाव सिर्जना गर्ने लगायतका विभिन्न कार्य समेत हुने गरेको पाइन्छ । सरकारले दशै तिहार जस्ता ठूला चाडपर्वमा अनुगमन गर्ने त्यो पछि वर्षै भरि कसैको आँखा नजानाले यस्तो हुन पुगेको त्यहाका व्यापारी आफै बताउने गर्दछन् ।

यसअघि बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले ३ सय ३८ व्यवसायीलाई कार्वाहीका लागि सिफारिस गरेको  थियो । यसरी कारबाहीको सूचीमा पर्नेमा बहुउद्देश्यीय भवन र टहराभित्र रहेका व्यवसायी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org