ताजा समाचार

शेर्पा समुदायमाथि अनुसन्धान : रगत विदेश लैजान प्रतिस्पर्धा

स्वास्थ्य अनुसन्धान परिषद्ले गर्याे कडाइ

 

काठमाडौं,२७ जेठ । नेपालको हिमाली भेगमा बस्ने शेर्पा समुदायमाथि अनुसन्धानका नाममा विभिन्न विदेशी संघसंस्थाले उनीहरूको रगत आफ्नो देश पुर्याउने गरेका छन् ।

शेर्पा समुदायको जिन संसारका अन्य भागमा बस्ने मानिसको भन्दा फरक भएको भन्दै त्यसको रहस्य पत्ता लगाउन नियमविपरीत उनीहरूले रगत लैजाने गरेका हुन् ।

हिमाली भेगका शेर्पा फरक–फरक अल्टिच्युटमा पनि कसरी सजिलै बस्न सक्छन् भन्दै क्षमता बुझ्न अनुसन्धान हुने गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

ती संघसंस्थाले शेर्पाको होलब्लड नै आफ्नो देश पुर्याउने क्रम बढाएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले कडाइ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org