ताजा समाचार

स्पेनेली नागरिक मृत भेटिए

 

भक्तपुर, २७ जेठ । नेपाल भ्रमणमा रहेका एक नागरिककाे आज मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका–५ तेलकोटबाट पैदल चाँगुनारायणतर्फ जाने क्रममा स्पेनेली नागरिक ७२ वर्षीया मेर्सेडस मर्ट अचानक बेहोस हुनुभएको थियो । उनकाे भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए।

यस्तै, चाँगुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर नगरपालिका– १० कमलविनायक बस्ने ३५ वर्षीय पलमान गिरीले आज आफ्नै छोराको हत्या गरेका छन् ।

गिरीले १२ वर्षीय छोरा प्रतिकलाई छुरा हानेर घाइते बनाएका थिए । उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । प्रहरीले पहलमानलाई पक्राउ गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org