ताजा समाचार

गोरेसहित एसएसपी खत्री र भुजुङलाई किन ल्याइयाे काठमाडाैं ?

विराटनगर २८, जेष्ठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार दिउँसो काठमाडौं ल्याइने भएको छ ।

उप्रेतीसँगै एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिइसकेको छ । सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत उनीहरुलाई काठमाडौं ल्याइने प्रहरी स्रोतले बतायो ।

गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने खत्रीलाई क्षेत्रीय कारागार, झुम्कामा राखिएको थियो ।

अब उनीहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले समेत अकुत सम्पत्ति कमाएको भन्दै छानविन अघि बढाउने गृहको भनाइ छ। सुन छानविन गर्न गठित छानबिन समितिले उनीहरूमाथि छानविन गर्न सम्पत्ति शुद्धीकरण विभागसँग आग्रह गरेपछि विभागले उनीहरूलाई काठमाडौंमा नै ल्याएर छानविन अघि बढाउन लागेको हो।

गोरसहित खत्री, गुरुङमाथि आजबाट अनुसन्धान शुरु गरिने सम्पत्ति शुद्धीकरण विभागका सूचना अधिकारी विनोद लामिछानेले जानकारी दिए। अनुसन्धान गरेपछि उनीहरूलाई कहाँ राखिने? भन्ने प्रश्नमा लामिछानेले भने, ‘विभागको आफ्नै ‘कस्टडी’ छैन, सुरक्षा निकायहरूसँग समन्वय गरेर कतै राखिन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org