ताजा समाचार

बाहुनवादका नाममा रोटी खान नपाउनेका लागि….

काठमाडाैं २८, जेष्ठ । बाहुनवाद भन्न वित्तिकै हामी केहि अमुक जाती जो ब्राहमण समुदायमा पर्दछन तिनैलाई सम्झन्छाै । तर, बाहुनवाद एउटा यस्तो कुरा हो जसले समाज, समुदाय, राष्ट्र र सिंगो विश्वलाई नै आफ्नो पोल्टामा राखेको हुन्छ ।

संस्कृत भाषाको शब्दावली ब्राह्मणबाद भारतमा बढी प्रचलन र प्रयोगमा आएको भएतापनि नेपालको सन्दर्भमा भने ब्राह्मणवादको समानार्थी शब्द बाहुनवाद दलितमुक्ति आन्दोलन ,आदिवासी-जनजाति मुक्ति आन्दोलनसंग जोडिएर नेपालमा करिव दुई दशक वरपर देखि दलित,आदिवासी जनजाति र केही कम्यूनिष्टहरुले प्रयोग गर्ने गरेको बहुप्रचलित संस्कृत भाषाको पदावली हो ।

संस्कृत भाषा ‘बाहुन’ शब्दको पछाडि ‘वाद’ प्रत्यय जोडिएर बनेको बाहुनवाद हिन्दूवादको मूल मेरुदण्ड हो । रुपमा बाहुन जातिको प्रतिनिधिमूलक परिचयात्मक शब्दावली बाहुनवाद देखिएतापनि सारमा भने बाहुनवाद, हिन्दूवाद रुढिवादको पक्षपोषण गर्ने बाहुन र यससँग सम्बन्धित पक्ष हो । सनातन हिन्दूधर्म हिन्दूवादको वकालत पक्षपोषण गर्नेहरु नै बाहुनवादी हुन् भने बाहुनवादीनै हिन्दूवादी हुन् । बाहुनवाद शव्द प्रयोगमा श्रमजीवी गरिव वा शोषित पीडित हिन्दूवादको पृथकता बोकेका बाहुन वा अन्यले भने आपत्ति मान्नुपर्ने वा चित्त दुखाउनु पर्ने कुनै कारण देखिदैन । बाहुनवादको खास विशेषता भन्न नै सामाजिक चेतना,राजनीति, अर्थनीति, नैतिकता, कानुन सौन्दर्य सबैलाई धर्मको अधीनमा राख्नु हो । यसले आफ्नो विरोध र आलोचना गर्नेलाइ मनुस्मृतिको मनुसंहिताले सिस्नो पानी लगाउँदछ ।

विश्मा भएका बाहुनवादका ज्वलन्त उदाहरणला रुपमा लिन सकिन्छ अमेरिका । अमेरिका यस्तो मुलुक हो जो जतिबेला पनि आफ्नो विरुद्वामा या उसको स्वार्थ बाहिर गयो भने पुरै विश्वका सामू घुडा टिकाउछ । उत्तर कोरियाका नेता किम तानासाहबाट एकाएक लोकतान्त्रिक नेताका रुपमा परिणत भएर सोहि मुलुकका राष्ट्रपति ट्रम्पलाई भेट्न सिंगापुर आउनुले नै यो कुराको पुष्टि गरेको छ ।

आखिर बाहुनवाद भनेको के हो त ?  हामी नेपालीमा बाहुनवादका बारेमा अधिकांस चेतना भनेको ब्राहमणलाई नै बुझ्ने गरिन्छ तर त्यो विल्कुलै गलत र भ्रमपूर्ण कुरा हो । नेपाली समुदायमा नेपालको राजनीति देखि धेरैजस्तो अगुवाइका काम ब्राहमण र क्षेत्री समुदायका मानिसबाट हुनु नै यहाँ भएको विभेद मान्ने गरिएको छ ।

विभेदका स्वरुप र आकारका बारेमा भने यसै भन्न सकिन्न तर जातिय छुवाछुत, बोक्सी लगायतका धार्मिक कुरालाई लिएर गरिने सवै खाले कुराको अन्त्य जरै देखि हुन जरुरी छ तर, समावेशीकरणका रुपमा भएका सवै खाले कोटाहरु हटाएर स्वच्छ प्रतिस्पर्धाको विकास जहिले सम्म गराउन सकिदैन तव सम्म बाहुनवादको अन्त्य हुने देखिदैन ।

अहिले विभिन्न मठ मन्दिर लगायतका धार्मिक कार्य हुने ठाउँमा निर्वाध प्रवेश दिइन्छ र दिनु पर्छ ।

पेशाका आधारमा छुट्याइएको जात जातीले साँच्चिकै मानिसको जिवनस्तर उकास्न भने सहज हुने बाटोको सुरुवात  हो । एउटा कालिगढले खुकुरी तयार पारेर बेच्दा उसले कमसेकम ३ देखि ५ हजार सम्म कमाउन सक्छ भने कथित ब्राहमणले खेति किसानी गरेर वर्षभरीमा केहि अन्नबाली भित्र्याउला र कोहिले केहि परिणाममा बेच्ला तर सवैको जग्गा जमिन पनि छैन भने उ कुन समुदायमा पर्ला ? जो रोजीरोटीका लागि बिदेशिन्छ !

क्रमश…..

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org