ताजा समाचार

सुमन शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौं २८, जेष्ठ। नेपाल एसविआई बैंकबाट बैकिङ्ग यात्रा सुरु गरेका सुमन शर्मा माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले यो अवसरलाई चुनाैतिका रुपमा लिएको जनाउदै आफ्नो अनुभवलाई भरपुर उपयोग गरेर बैकिङ्ग कार्य सहज पार्न लागि पर्ने बताएका छन् ।

शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।

बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण -२०६२), तारापदचौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org