४२ ब्राण्डका दूध मध्ये ४० मा भेटियो सोडै सोडा
काठमाडाैं ,२९ जेठ । काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच ) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् ।
कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष पुगेपछि सोमबार कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारे । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ ।
कृषि राज्यमन्त्री रामकुमारी चौधरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, फुड इन्स्पेक्टरसहित बालाजु औद्योगिक क्षेत्र पुगेका मन्त्री खनालले औद्योगिक क्षेत्रभित्र सञ्चालित आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामूहिक कृषक लिमिटेडको सुलभ दूध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा छापा मारेका थिए।
यी सबैमा सरसफाइको कमी देखिन्थ्यो । यीमध्ये दूध बनाउन प्रयोग गरिने धूलो दूधका बोरामा उत्पादन म्याद नखुलेको भेटिएपछि आधुनिक डेरीका ३ र पुष्प डेरीको एक गरी ४ वटा गोदाममा मन्त्री खनालले सिलबन्दी गराए । धूलो दूध बाक्लो दही बनाउन तथा दूधमा हुने ठोस पदार्थ ९एसएनएफ० को मात्रा बढाउन प्रयोग गरिन्छ । त्यस्तै उद्योगीले किसानबाट दूधकम संकलन नहुने अवस्थामा धूलोबाटै प्रशोधित दूध बनाई चिल्लो पदार्थ ९फ्याट० मिश्रण गरी बिक्री गर्छन्।,
Comments
अरु समाचार
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...