ताजा समाचार

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

 

लहान, २८ जेठ । स्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित आज प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित प्रहरीले सिरहा नगरपालिका–१ बाट भारतको मधुवनी जयनगर ग्रामपञ्चायत जयनगर निवासी २८ वर्षीय रोहित खन्डेवाललाई पक्राउ गरेको हो । पक्राउ परेका खन्डेवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org