ताजा समाचार

क्रुर बाबु: सुतिरहेको छोरालाई चक्कुले हानेर हत्या

काठमाडौँ २९, जेष्ठ । सन्तान प्राप्तीका लागि मानिसले गरेको भोगेको दुखका कुरा सुन्दा मन अमिलो मात्रै होइन मान्छे जल्छ । सन्तान इश्वरका बरदान भन्ने उखानलाई उल्टो साबित गरिदिएका छन् एक बाबुले ।

भक्तपुरको चागुनारायण नगरपालिका–५ खरिपाटी घर भई हाल भक्तपुर–१० कमलविनायक बस्दै आएका पहलमान गिरीले आफ्नै नाबालक छोराको हत्या गरेका छन् ।

आइतबार विहान घरमा सुतिरहेका १२ वर्षीय प्रतिक गिरीलाई पहलमानले तरकारी काट्ने चक्कुले पेट, कोखा, छाती लगायतका स्थानमा प्रहार गरेर निर्ययतापुर्वक हत्या गरेको महानगरीय प्रहरी वृत जगातीका प्रमुख (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

परिवारका अन्य सदस्य कोही नभएको बेलामा छोराको हत्या गर्ने कार्यमा संलग्न पहलमानलाई महानगरीय प्रहरी वृत जगाती ले नियन्त्रणमा लिएको छ ।

चक्कु प्रहारबाट गम्भिर घाइते भएका प्रतिकको उपचारको क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको थियो ।

प्रहरीले पहलमानमाथि कर्तब्यज्यान मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org