उखु किसानको ५० करोड बक्यौता रकम भुक्तानी बाँकी
नवलपरासी, ३० जेठ । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् ।
जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि नपाएका हुन् । सबै चिनी उद्योगमा करीब रु ५० करोड भुक्तानी पाउन बाँकी रहेको उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।
यादवका अनुसार चिनी उद्योगले करीब रु ७५ करोडमध्ये हालसम्म करीब रु २५ करोड बराबरको भुक्तानी गरे पनि अन्य सबै रकम भुक्तानी गर्न बाँकी छ ।
पश्चिम नवलपरासीका किसानले उखुको तत्काल भुक्तानी नपाए आफूहरु राजमार्ग बन्द गरेर आन्दोलनको बाटो रोज्नुपर्ने चेतावनीसमेत दिएका छन् । पटकपटक उखुको भुक्तानी दिन माग गरे पनि जिल्लाका उद्योगले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले राजमार्ग बन्दको विकल्प नरहेको भन्दै किसानले चेतावनी दिएका हुन् ।
चिनी उद्योगबाट समयमै भुक्तानी नहँुदा किसान आन्दोलनको बाटो रोज्न बाध्य हुने अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष दुधनाथ गुप्ताको भनाइ छ ।
पश्चिम नवलपरासीमा यसअगावै तीन वर्षअघि पनि उखुको भुक्तानी नपाएको भन्दै किसानले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए । यस वर्ष पनि तत्काल भुक्तानीको व्यवस्था नभए हप्ता दिनपछि राजमार्ग बन्द गर्ने चेतावनी किसानले दिएका छन् ।
उद्योगीले भने चिनी बिक्री नभएकाले दिन नसकिने भन्दै किसानलाई आलटाल गर्ने गर्दै आएका छन् । उत्पादन भएका चिनी गोदाममा थन्किएकाले उचित मूल्य नपाएका कारण बिक्रीमा समस्या भएको उद्योगले जनाएका छन् ।
तीनवटा उद्योगले १६ लाख बढी क्विन्टल उखु क्रसिङ गरी चिनी उत्पादन गरेको समितिले जनाएको छ । भुक्तानी नपाउँदा जिल्लाका करीब १० हजार बढी किसान समस्यामा छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिए पनि जिल्लाका किसानले भने अहिलेसम्म रकम पाउन सकेका छैनन् ।
यसबारे पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सबै उद्योगका सञ्चालकलाई समन्वय गरी भुक्तानी गर्न पहिल गरिने जानकारी दिए ।
समयमा भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ । दुई वर्षअघि २५ लाख क्विन्टल उखु उत्पादन भएको जिल्लामा गत वर्ष २० लाख मात्र उत्पादन भएको थियो । यसवर्ष १६ लाख क्विन्टल उत्पादन भएको समितिले जनाएको छ ।
पछिल्लो पटक पश्चिम नवलपरासीको दक्षिणभेगमा करीब पाँचदेखि सात हजार हेक्टरमा उखु खेती गरिँदै आइएको छ । दक्षिणभेगका किसानको प्रमुख बाली उखु रहेको छ । नगदेबालीका रुपमा रहेको उखुको भुक्तानी नपाउँदा उद्यारो बालीमा परिणत हुँदै गएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।
पश्चिम नवलपरासीको दक्षिण क्षेत्रको मुख्य बाली नै उखु हो । वर्षेनी यस क्षेत्रमा करीब २० लाख क्विन्टलका दरले उखु उत्पादन हुने गरेको छ । प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १० हजार घरपरिवार उखु खेतीमा निर्भर छन् ।
Comments
अरु समाचार
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
पाथीभरा केबलकार निर्माणको विरोधमा दुइ दिन तमोर कोरिडोर बन्द
काठमाडौं । पाथीभरा केबलकार निर्माण विरोध गर्दै आज र भोलि तमोर कोरिडोर बन्द घोषणा भएको छ । विभिन्न ६ संस्थाले...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...