ताजा समाचार

कास्कीमा बाबुले गरे छोराको हत्या, गर्भवती श्रीमतीलाईको पनि हत्या प्रयास !

पोखरा ३०, जेष्ठ । कास्कीमा एक व्यक्तिले छोराको हत्या गरी श्रीमतिको पनि हत्या गर्ने प्रयास गरेका छन् । प्रहरीका अनुसार परीवार सदस्यको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका बताईएको छ ।

कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारस्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।

३८ वर्षीय घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको हत्या गर्नुका साथै पत्नी ३२ वर्षीया सुमित्रा घलेको हत्या गर्ने प्रयास गरेपछि आफैले पनि आत्महत्याको प्रयास गरेका प्रहरीको भनाइ छ । श्रीमानले हत्या प्रयास गर्दा श्रीमती सुमित्रा गम्भीर घाइते भएकी छन् । गर्भवती उनको असार ६ गते प्रसुति मिति तोकिएको थियो । यसबारे थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org