ताजा समाचार

ट्राफिक नियमको फन्दामा परे पूर्वयुवराज पारस 

पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’

काठमाडाैं,३१ जेठ । ट्राफिक नियमको पालन नगरी  तीव्र गतिमा गाडी हाँक्ने पारस ट्राफिकको फन्दामा परेका छन् । पारसले तीव्र गतिमा चलाएको बा.१४ प २१ ३१ नम्बरको गाडी प्रहरीले समातेको  छ ।

जावलाखेलदेखि  तीव्र गतिमा गाडी हाँकेका पारसलाई जावलाखेल प्रहरीले सोमबार थापाथलीमा नियन्त्रणमा लिएको हो । ट्राफिकले कागजपत्र नियन्त्रणमा लिएको र माग्दा नदिएपछि उनलाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले लाइसेन्स नदिएपछि पारसले आक्रोसित हुँदै ‘तैंले मलाई चिन्नुपर्छ’ भनेको तर ट्राफिक प्रहरीले नदिएको नयाँ पत्रिकाले लेखेको छ ।

ट्राफिक र ब्लुबुक ट्राफिकलाई छाडेर हिँडेको केही समयपछि उनका अंगरक्षक थापाथली ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । पारसले ट्राफिक नियम उल्लंघन गरेको भन्दै प्रहरीले पाँच सय जरिवाना गरेको रसित काटेको थियो । रसिदमा चालक र धनीको नाम पारस वि।वि। शाह उल्लेख छ ।

अंगरक्षकले बैंकमा पाँच सय जरिवाना तिरेर पारसको ब्लुबुक तथा लाइसेन्स लगेको नयाँ पत्रिकाले लेखेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org