कौरा संरक्षण पत्रकारिता पुरस्कारबाट राना सम्मानित
पोखरा, ३१ जेठ। राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ, कास्की शाखाद्वारा सञ्चालित कौरा संरक्षण पत्रकारिता पुरस्कार—२०७५ बाट नवलपरासीकी पत्रकार कमला रानामगर सम्मानित भएका छन् ।
पत्रकारिताको माध्यमबाट मगर समुदायको लोकप्रिय नृत्य कौराको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत उहाँलाई नगद रु पाँच हजार एकसहित सम्मानपत्र, दोसल्ला र खादाले सम्मान गरिएको हो ।
प्रदेश नं ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार पोखरामा आयोजित एक कार्यक्रमका बीच पत्रकार रानालाई सम्मान गर्दै संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु अपरिहार्य रहेको बताए ।
प्रदेशसभा सदस्य रोशन गाहामगरले मगर जाति सांस्कृतिकरुपमा सम्पन्न भएको उल्लेख गर्दै मुलुकको महत्वपूर्ण सांस्कृतिक सम्पदाका रुपमा रहेको कौरा नृत्यको प्रचारप्रसारमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालविज्ञ समितिका संयोजक यामबहादुर आलेमगरले साँस्कृतिक वास्तविकता र मौलिकतालाई जीवन्त राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय संरक्षक झकबहादुर थापामगर, पुरस्कार संस्थापक राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका केन्द्रीय अध्यक्ष हर्क आलेमगर, प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर, नेपाल महिला मगर संघ जिल्ला अध्यक्ष नुनु रानामगर, तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष शान्ति गुरुङलगायतले भाषिक, सांस्कृतिक पहिचानका विषयमा बोलेका थिए ।
Comments
अरु समाचार
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...
-
प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा...
-
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
काठमाडौं । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा...
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...