ताजा समाचार

नयाँ हवाई रुटका लागि नेपालले अाज भारतसँग छलफल गर्ने

 

काठमाडाैं,३१ जेठ । भारतसँग नयाँ हवाई रुटका लागि छलफल सुरु हुँदैछ । त्यसका लागि एपोर्ट अथोरिटी अफ इन्डियको टोली नेपाल आएको छ । अब दुई दिनसम्मम नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ रुहरुबारे टुंगो लगाउने पर्याटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गर्ने गरेका छन् । तर, नेपालले भने भारतसँग थप नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट पनि रुट मागेको छ ।

‘यो वातर्ममा कुल गरी महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको रुटबारे छलफल हुन्छ,’ लामिछानेले भने,’भैरहवा र विराटनगरबाट पनि विमान नेपाल प्रवेश गर्न दिन प्रस्ताव राख्छौं ।’

अहिले चीनबाट आउने विमान ल्हासा हुँदै सगरमाथामाथिबाट आउँछ । भुटानबाट आउने विमान मेचीबाट नेपाल प्रवेश गर्न पाउँछ । अब अन्य देशबाट आउने विमानलाई सिमाराबाहेक अन्य प्रस्थान विन्दु दिन भारतसँग छलफल गर्न लागिएको हो ।

यसअघि सन् २०१० र २०१६ मा यस खालको छलफल भएको थियो । तर, यसअघिका छलफलहरु टुंगोमा पुग्न सकेनन् । सुरक्षालाई कारण देखाउँदै भारतले अहिलेसम्म यस्तो रुट दिन मानेको छैन ।

तर, भारतीय प्रधानमन्त्री नरोन्द्र मोदीले नयाँ हवाई रुटहरु दिन सहमति जनाएका छन् । भारतले रुट परमिट नदिँदै सरकारले भने आगामी आर्थिक वर्ष २०७५र०७६ मार्फत बिराटनगर, जनकपुर, नेपालगञ्ज, विमानस्थललाई क्षेत्रीय अन्तरार्ष्ट्रिय स्तरको बनाउने र त्यहाँबाट अन्तराष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org