ताजा समाचार

विश्वकप हेरेर फर्कँदै गरेका युवालाई खाेलाले बगायाे

ताप्लेजुङ, १ असार । बिहिबार राति विश्वकप फुटबल हेरेर माेटरसाइकलमा फर्कदै गरेका एक युवा खाेलाले बगाएर बेपत्ता भएका छन् ।

इलाम घर भइ हाल ताप्लेजुङ वस्दै अाएका २६ वर्षिया सनम राई फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाएर बेपत्ता भएका हुन् ।

राई चढेको मोटरसाइकल खाेलाकाे बीच भागमा अड्किएर रहेकाे पाइएकाे छ भने, राईकाे खोजी कार्य भरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएकाे छ ।राई फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्थे ।

बिहिबार परेकाे भिषण पर्षाका कारण फुङलिङ–सुकेटार खण्डका विभित्र ठाउँमा पहिरो गएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org