ताजा समाचार

३२ जिशिकाद्धारा तलबभत्तामा पाउने भन्दा बढी रकम निकासा

 

काठमाडौं,३ असार । ततकालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंलगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । याे खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलबभत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपैयाँ बढी निकासा गरेको पाइएको छ ।

काठमाडौं, बारासमेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलबभत्ताबापत १ करोठ ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org