ताजा समाचार

हिलाम्ये बर्षा फेरी दोहोरिन सक्ने अनुमान

 

काठमाडौं,३ असार । शुक्रबार  राति परेकाे बर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर आगन र आसपासको बोट बिरुवा हिलाम्मे भएका छन् भने, अन्य सामाग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ ।

बर्षाले वायुमण्डलमा रहेको प्रदूषण र धूँवा धूँलो झारेपछि यस्तो असर देखिएको मौसमविदहरु बताउँछन् । आजको नेपाल समाचारपत्रले  यो खबर छापेको छ ।

भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको हुरीले नेपालको वायुमण्डलमा भित्र्याएको धूलोका कणलाई बर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जमिनको सतहबाट २ किलोमिटर उचाइ आसपासको वायुमण्डलमा कुहिरोझैं फैलिएको धूलोको कणलाई बर्षाले पखालेको हो ।

हिलाम्ये बर्षा नेपालमा मात्र होइन पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा पनि परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पन्जाव, हरियाणामा प्रतक्ष्य देखिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org