ताजा समाचार

पोखरामा यति एयरको विमान दुर्घटना, यात्रु भने सुरक्षित

कास्की ३, असार । यति एयरलाइन्सको एक विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडाैंबाट चालक सहित ३३ यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको नाइन एन एएचयू ६८१ कलसाइनको विमान दिउसो २ः४५ बजे अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको हो ।

रनवेभन्दा करिब १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको उक्त विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् ।

काठमाडौंबाट यात्रु लिएर पोखरा गएको उक्त विमान अवतरण गरेलगत्तै  सी ट्रनिङ लिने क्रममा हाइड्रोलिक फेल भएर रनवे बाहिर गएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org