ताजा समाचार

दोहोरिएला रोनाल्डोको जादु ? रोनाल्डोले नेपाल युट्युब ट्रेन्डिङमा अर्को रकर्ड बनाउलान त ?

काठमाडाैं ६, असार । विश्वकपका बारेमा कहिले मोडेल त कहिले खेलाडीका बारेमा विभिन्न चर्चा भइरहेका छन् ।

विश्व सुन्दरीहरु आफ्नो देशको सपोर्टमा खेल हेर्न स्टेडियसम्म पुगेका छन्,  भने क्यामेराका लेन्सहरु सधै खेल र खेलाडीका पछाडी मात्र तेर्सिएका छैनन् । समाचारका पृष्ठहरु मोडेल देखि रुसी याैनकर्मीका कुराले भरिने गरेका छन् ।

त्यस्तै, पोर्चुगल र स्पेनको खेल बराबरीमा रोकिए पनि रोनाल्डोको ह्याट्रिकले भने चर्चा पाउन छोडेन ।

गत असार १ गते रातको ११ः४५ देखि सुरु भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो दैव बनेर खेललाई बराबरीमा रोक्न सफल भए ।

उनले ह्याट्रिक गर्दा प्रहार गरेको गोलको हाइलाइट्स गोलको भिडियो फिफा टिभीले अपलोड गर्यो जुन भिडियोले युट्युबमा धुम मच्चाइरहेको छ । केहि दिन देखि उक्त भिडियोले नेपाल युट्युबको ट्रेन्डिङ वान कब्जा गरेर बसेको छ ।

हेर्नुहोस स्पेन र पोर्चुगलबीचको खेलमा रोनाल्डोको ह्याट्रिक हाइलाइट्स भिडियोः

यस्तै यो खेल नेपाली समयअनुसार ५ बजेर ४५ मिनेटमा हुनेछ । पहिलो खेलमा स्पेनविरुद्ध बराबरी खेलेको पोर्चुगल यस खेल जित्ने दाउमा छ । ईरान विरुद्धको आफ्नो पहिलो खेल गुमाएका कारण दोस्रो चरणको यात्रा गर्ने हो भने मोरक्कोले पनि यस खेल जित्नुपर्ने हुन्छ । तर, क्रिष्ट्रियानो रोनाल्डो फर्ममा भएकाले उनलाई कसरी रोक्ने भन्नेमा मोरक्कोले निकै ध्यान दिनुपर्ने हुन्छ ।

के रोनाल्डोले स्पेनसंगको खेलमा झैं ह्याट्रिक गर्ला त ? या अझ धेरै गोल गर्लान ? यो खेलले देखाउने नै छ । तर, नेपाल ट्रेन्डिङमा रहेको उक्त भिडियोलाई उछिन्ने अर्को कुनै करामत देखाउलान ्। आशा गराैं केहि पक्के हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org