ताजा समाचार

कतै तपाईलाई माछा कत्ले (साेरायसिस ) राेग त लागेकाे छैन ? के हाे माछा कत्ले राेग ?

मानिसकाे शरिरमा धेरै किसिममा राेग लाग्ने गर्दछ त्यसमा पनि छालाकाे राेगले त मानिसकाे बाहिरी सुन्दरतालाइनै धमिलाे बनाउने काम गर्दछ । यस्तै छालाकाे राेग मध्ये एउटा राेग हाे साेरायसिस । के हाे साेरायसिस ? यस राेगकाे राेकथाम के छ त ? यसका लक्षण कस्ता छन् ? अाउनुहाेस् तपाईपनि जानिराख्नुस् याे राेगकाे बारेमा

साेरायसिस राेग छालामा लाग्ने एक किसिकाे राेग हाे । मानिसकाे  कुनै भागकाे  छाला माछाकाे कत्ला जस्ताे सेताे पातलाे चम्किलाे खालकाे बनाउने र छाला उक्किएर जाने भएकाले यस राेगलाई माछाकत्ले राेग पनि भनिन्छ । याे राेगले हरेक व्यक्तिमा बेगलै किसमले असर पारेकाे हुन्छ । कसैकाे पूरै शरिरमा याे राेगले आक्रमण गर्दछ भने  कसैकाे हात र खुट्टामा मात्र देखा पर्न सक्छ ।

साेरायसिसका लक्षणहरु यस्ता छन् :

१, याे राेगले मानिसकाे शरिरकाे छाला अत्यधिक चिलाउने हुन्छ । यहासम्मकि चिलाएकाे भागमा कन्याउदा रगत अाउनुकाे साथै छाला समेत उक्किने गर्दछ ।

२, छालामा साना साना पानीकाे फाेका जस्तै  चिलाउने फाेकाहरु देखापर्दछन्।

३,, छाला अत्यधिक सुख्खा भई चिरा पर्ने गर्दछ ।

४, छालाकाे पत्र गइरहने गर्दछ

 ।

याे राेगलाई निकाे पार्न सकिन्छ तर जरैबाट निर्मुल पार्न भने नसकिने बताउछन् छाला रोग विशेषज्ञ डा. अनिलकुमार झा । शरिरमा राेगसँग लड्न सक्ने क्षमतामा कमि अाएकाे कारण याे राेग लाग्ने गर्दछ। याे बंशानुगत राेग हाे । तर सरुवा भने हाेइन ।

साेरायसिस राेग राेकथामका उपाय

१, साेरायसिस राेग लागेका विरामिले माछा, अण्डा, भेन्टा,पाकेकाे फर्सी खानुहुदैन ।

२, नुहाउदा डाक्टरले दिएकाे सल्लाह अनुसारकाे साबुन प्रयोग गर्ने ।

३, भात तरकारी दुध एकै चाेटि नखाने । दुध,भात र तरकारी एकै ठाउँमा मिसाएर खाँदा छालामा असर पर्ने हुन्छ । दुध खाना खानु भन्दा अाधा घण्टा अघाडि पिउने गर्नु पर्छ ।

४, बढी  चिल्लाे , अमिलाे , पिराे खाने कुरा नखाने ।

साेरायसिस राेग लागेका विरामिले बढि पानीमा खेल्ने गर्नुहुदैन । साेरायसिस राेगले छाला सुख्खा बनाइराख्ने भएकाले डाक्टरले दिएकाे सल्लाह बमाेजिमका मलमहरु प्रयोग गर्नुपर्दछ  जसले गर्दा छालालाई चिल्लाे बनाइराख्ने काम गर्दछ । साेरायसिस राेगले छालालाई बढीनै सुख्खा बनाउने हुँदा छालालाई  केहि हदसम्म नरम चिल्लाे बनाउनका लागि नरिवलकाे तेल प्रयोग गर्नुपर्दछ । अण्डा र माछा भने साेरायसिसका बिरामिले नखाएकै राम्राे हुने बताउछन् डा. अनिलकुमार झा ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org