ताजा समाचार

पुर्व मिस नेपाल निकिता चण्डकको डेब्यू फिल्म ‘रानीमहल’ को सुटिङ रद्द, २५ प्रतिशत छायांकनमै डेढ करोड झ्वाम !

काठमाडाैं ८, असार । पुर्व मिस नेपाल निकिता चण्डकले डेब्यू गर्न लागेको फिल्म रानीमहल’ छायांकन पुरा नगरेर सुटिङ स्थलबाट काठमाडाैं फर्केको छ ।

पाल्पाको रानीमहलमा छायांकन भइरहेको चलचित्र आर्थिक समस्याका सुरु भएपछि अनिश्चितकालिन सुटिङ स्थगित गरेर सुटिङ युनिट काठमाडौं फर्केको हो ।

फिल्मको हालसम्म २५ प्रतिशत मात्रै छायांकन सकिएको निर्माण टिमका एक सदस्यले बताए । २५ प्रतिशत छायांकनमा निर्देशकले ३७ दिन लगाएका छन् । निर्देशक हिमाल न्यौपाानेले यो कुरा घुमाउरो पाराले स्विकार गरे । सामान्यतः ३७ दिन भनेको नेपाली फिल्मको ‘अलमस्ट’ सबै छायांकन सकिने समय हो ।

तर अपत्यारिलो कुरा फिल्म निर्माण घोषणाको समयमा मिडियामाझ बोलिएको डेढ करोड बराबरको बजेट २५ प्रतिशत छायांकनको समयमा नै सकिएपछि निर्माण टिममा लफडा सुरु भएको हो ।

निर्माता (वेदप्रसाद) विमल भुषाल निकट श्रोतका अनुसार हालसम्म १ करोड ६० लाख रुपैयाँ ‘रानीमहल’ सेटमा खर्च भइसकेको छ । भुषालले निर्देशक न्यौपानेले अनावश्यक रुपमा पैसा सकाएको भन्दै अब फिल्मको बाँकी काम आफुले अघि बढाउन नसक्ने बताएका छन् । निर्माताको यो कुरा सुन्दै गर्दा फिल्मको अबको छायांकन अनिश्चित बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org