ताजा समाचार

इकमर्सप्रतिको बढ्दो आकर्षण : एनआइसी एसिया बैंकले ल्यायो डलर क्रेडिट कार्ड

काठमाण्डौं,९ असार । एनआइसी एसिया बैंकले इकमर्सप्रतिको बढ्दो आकर्षणलाई मध्य नजर गर्दै भिजा इन्टरनेशनल युएसडी क्रेडिट कार्ड ल्याएको छ।

कार्डमा अमेरिकी डलर ५ सयदेखि १५ हजारसम्म कर्जा सीमा तोकिएको छ ।यो कार्डको प्रयोग नेपाल र भारत वाहेक अन्य जुनसुकै मुलुकमा प्रयोग गर्न सकिने छ ।

निशुल्क इकमर्स अनलाइन पेमेन्टको सुविधाका साथै कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न, ४५ दिनसम्म ब्याज तिर्न नपर्ने सेवामा १० वा शत् प्रतिशत भुक्तानीको ब्यवस्था कार्डमा रहेको बैंकले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org