‘मृत्यु मार्ग’ को विकल्पमा सडक निर्माण शुरु
बुटवल, ९ असार । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ ।
उक्त सडकको विकल्पमा प्रदेश नं ५ को सरकारले पाल्पाको झुम्सादेखि रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ स्थित चरङ्गेसम्म सडक निर्माणका लागि पहिलो चरणमा मार्ग खोल्ने काम सम्पन्न भएको छ ।
बारम्बार पहिरो खसेर जोखिमयुक्त बनेको बुटवल–दोभान शिद्धबाबा सडकको विकल्पमा पाल्पाको झुम्साबाट रुपन्देहीको सीमा क्षेत्र चौकीभञ्ज्याङ हुँदै चरङ्गेसम्मको २१ किलोमिटर सडकलाई विकल्पका रुपमा निर्माण कार्य अघि बढाइएको छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिद्धबाबाखण्डमा सुरुङ मार्ग बनाउने घोषणा गरेपछि प्रदेश सरकारले वैकल्पिक सडक निर्माणका लागि यो योजना अघि बढाउन थालेको हो । निर्माणाधीन वैकल्पिक सडकखण्डको शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीसहितको टोलीले निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा उक्त सडक क्षेत्रमा पर्ने चौकीभञ्ज्याङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोखिमयुक्त राजमार्गको विकल्पमा प्रदेश सरकारले झुम्सा–चरङ्गे सडकलाई पहिलो प्राथमिकतामा राखेर यस आवमा रु १० करोड विनियोजन गरेको बताए । उनले विकास भनेकै जनताको सहभागितामा सम्पन्न हुने भएकाले यो योजना सम्पन्न गर्न पनि जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिए ।
यस क्षेत्रमा प्रशस्त मात्रामा रहेका चुनढुंगा खानीबाट उत्पादन हुने कच्चा पदार्थ ढुवानीका लागि यो सडक प्रयोग गर्न उपयुक्त हुने उनले बताए । त्यस अवसरमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले यो सडकलाई वैकल्पिक सडकमात्र नभई नियमित सवारी साधन सञ्चालन गर्ने गरी दुई लेनको सडक बनाउने प्रदेश सरकारको योजना रहेको जानकारी दिए ।
उनले झुम्सा–चरङ्गे सडकलाई प्रदेश सरकारको कार्य कुशलता र क्षमता देखाउने गरी ‘रोल मोडल रोड’ बनाउने लक्ष्य रहेको समेत बताउँदै सडक बनाउन बजेटको कुनै अभाव नहुने बताए ।
बुटवल–झुम्साको दूरी नौ किलोमिटरमात्र भए पनि सिद्धबाबाखण्डमा वर्षेनी खस्ने पहिरोका कारण हुने जनधनको क्षतिका कारण जोखिम न्यूनीकरणका लागि झुम्सा–चरङ्गे सडकलाई उपयुक्त विकल्पका रुपमा लिई जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा तानसेन नगरपालिका, तिनाउ, वगनासकाली र रिब्दीकोट गाउँपालिकाका तथा रुपन्देहीको देवदह नगरपालिकाको करीब रु एक करोड लगानीमा पाँच किलोमिटर मार्ग खोलिएको तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले जानकारी गराए ।
Comments
अरु समाचार
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...