काठमाडाैमा सुरक्षा चुनाैती बढ्दो, एकै रातमा दुई जनाको हत्या !
काठमाडाैं १३, असार । ललितपुर–२ स्थित टेकुबाट सानेपातर्फ जाने कालोपुलमुनि एक युवतीको शव भेटिएको छ ।
महागनरीय अपराध अनुसन्धान महाशाखाका अनुसार अन्दाजी २२/२५ वर्षीया युवतीको हत्या पश्चात शव उक्त ठाँउमा फालिएको जनाइएको छ ।
प्रहरीले शवको हुलिया बारे सूचना जारी गर्दै भनेको छ, ‘पातलो शरिर, अन्दाजी उचाई ५ फिट ३ ईन्च, कपाल कालो लामो, रातो ब्लाउज, खरानी रंगकोहाफ सर्ट, कालो पाइन्ट लगाएकी, बायाँ हातको नाडीमा निलो मसीले आइ लभ यू लेखिएको मंगोलियन अनुहारकी युवतीको शव मृत अवस्थामा भेटिएको हो ।’
युवतीको हत्या कतै लागूपदार्थ तथा मादकपदार्थ सेवन गर्नेले हत्या गरेको त होइन भनेर छानबिन भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै, गोकर्णेश्वरको अत्तरखेलमा पनि एउटा शव फेला परेको छ ।
अन्दाजी ३२ वर्षका एक पुरुषको शव प्रहरीले अत्तरखेलस्थित बागमती नदि किनारबाट बरामद गरेको हो । शवको प्रकृति हेर्दा युवकको हत्या भएको बुझ्न सकिन्छ ।
अन्दाजी ५ फिट ३ इञ्च उचाई भएका पुरुषको टाउकोबाट रगत बगेको छ । घटनास्थलमा फलामको पाइपसमेत भेटिएकाले त्यही पाइपले हिर्काएर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । पातलो शरीर, लामो कपाल, जुंगा र दाह्री पालेका युवाको शव नाङ्गो अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीले हालसम्म मृतक युवार युवतीको पहिचान हुन नसकेकाले अनुसन्धानमा समेत समस्या आएको जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार हत्या गरिएका पुरुष मानसिक अवस्था ठीक नभएको व्यक्ति हुन् । मागी खाने यी पुरुषमाथि कसले किन आक्रमण गर्यो भन्ने खोजी भइरहेको उनले बताए ।
खोलाकाे किनारमा फेला पर्याे एक निर्वस्त्र पुरुषकाे शव
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...












