ताजा समाचार

विद्युत प्राधिकरणले जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौता गर्याे

काठमाडौं,१५ असार । नेपाल विद्युत प्राधिकरणले शुक्रबार १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको (पीपीए)  खरिद सम्झौता गरेको छ ।

प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवर्द्धक कम्पनीका तर्फबाट प्रवन्ध-सञ्चालक प्रदिप कुमार थिकेले पिपिएमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्राधिकरणले यो आयोजनाको बिजुली अबको ३० वर्षसम्म खरिद गर्नेछ । साथै यो आयोजनाले २०८० को चैत ३० सम्ममा उत्पादन थालिसक्नु पर्नेछ । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाममा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ६ रुपैयाँ ०८ पैसामा खरिद गर्ने छ ।

प्राधिकरणले अर्ध-जलाशययुक्त आयोजनाका लागि सुख्खायामका लागि १०.५५ र वर्षायामका लागि प्रतियुनिट ४.८० रुपैयाँ खरिद दर निर्धारण गरेको छ ।त्यसैगरि आयोजनाको शुख्खायाममा १७ करोड ८९ लाख र वषर्ायाममा ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ । आयोजनाबाट उच्पादन हुने विद्युत ऊर्जा दमौली-भरतपुर २ सय २० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने छ ।

आयोजनाको पूर्वाधार निर्माण कार्यहरु सम्पन्न हुने अवस्थामा रहेका छन् भने मुख्य संरचना निर्माणको लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org