ताजा समाचार

तीज गितमा माैलिकता भन्दा भल्गारिटीको बाहुल्यता, रातो भाले बोलको तीज गित सार्वजनिक (भिडियोसहित)

काठमाडाैं १८, असार । गित संगित भनेको मानिसलाई मनोरञ्जन दिने साधन मात्र होइन । गित संगितले कयाै मानिसको जिवनमा सकारात्म परिवर्तण गर्न सक्ने माध्यम पनि हो ।

हुनत गित संगितमा एकै विधालाई प्राथमिकता दिनु परछ भन्ने होइन तर पनि यसमा समाजलाई सकारात्मक बाटो तिर लाने आम मानिसका जिवन संग जोडिएका कथावस्तु हुनुपर्छ भनिन्छ । पछिल्लो समय बजारमा आउने गितमा कुनै न कुनै किसिमले अश्लिलता हुन्छ नै । अझ भनाै याैन र सेक्सका कुरा नगरे गित नै चल्दैन जस्तो ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

यस्तै तीज आउन अझै ७२ दिन बाकीँ छ तर नेपाली गित संगित बजारमा तीजका गितको धमाध रेकर्ड भइरहेका छन् ।

यहि भिडमा एउटा गित आयो रातो भाले जुन गितमा स्वर भरेका छन् खुमन अधिकारी र शुशिला गाैतमले । बोल मायाका गायक प्रकाश सपुतले रिनासंग तीज गितमा कम्मर त मर्काए तर तीज गितमा तिजका कुनै अंश नदेखिने गरि बनाइएको गितले जवानीले भरिएकी चेलीले रनफनिएर वर खोजेजस्तो गरि प्रस्तुत गरिएको भिडियोमा तीज भन्दा पनि अरु कुरालाई नै संकेत गरिएको छ ।

हेर्नुहोस् उक्त भिडियो:

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org