पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक
भीमदत्तनगर, १८ असार । आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ ।
पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायव निरीक्षक डिकरदेव पन्तले जानकारी दिए ।
उनका अनुसार सोमबार दिउँसो महाकाली नदीमा पानीको बहाव १ लाख २८ हजार ५ सय क्युसेक मापन गरिएको छ । जुन यस वर्षकै उच्च बहाव हो ।
‘आज बिहानको भन्दा पानीको बहाव बढ्दै गएको छ ।” प्रहरी नायब निरीक्षक पन्तले भन्नुभयो, “वनवासा पुलमा दुई पाङग्रे सवारीसाधन र पैदलयात्रुलाई भने आवागमन खुल्ला नै छ ।”
सोमबार दिउँसोपछि पुलमा आवागमन बन्द हुँदा खासगरी लामो दुरीका यात्रु समस्यामा परेका छन् । महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई वर्षात्का बेला संयमता अपनाउन आग्रह गरिएको छ ।
यसैगरी, कञ्चनपुर महाकाली नगरपालिका–१० मा पानीको निकास नहुँदा केही घर डुबानमा परेको स्थानीय सुरेश गिरीले जानकारी दिए ।
Comments
अरु समाचार
-
जीबी राईलाई यसअघिको सरकारले भगायो: गृहमन्त्री लामिछाने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको बताएका छन् । शनिबार चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा...
-
संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । सहकारी ठगी प्रकरणमा...
-
संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि नबढ्ने कांग्रेसको घोषणा
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने...
-
अझै बस्न सकेन कार्यव्यवस्था समिति बैठक, दलहरू आन्तरिक छलफलमा
काठमाडाैं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ भएको छ। दलहरू आन्तरिक छलफलमा रहेकाले साढे १२ बोलाइएको समितिको बैठक...
-
राष्ट्रपतिमाथि ओलीको आक्रोश– कस्ता मान्छे जागिर खुवाएर राख्नुभएको छ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्सा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको...
-
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रवार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष...
-
संसद अवरोध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ: प्रमुख सचेतक लेखक
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद...
-
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिन्छ : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा संघीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई...
-
अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका...