ताजा समाचार

माइक्रोबस दुर्घटनामा चार जना गम्भीर घाइते

धनकुटा,२२ असार । कोशी राजमार्गअन्तर्गत धनकुटाको रमाइलो घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोबस आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सहचालक सुरज तामाङ, यात्रु कमला भुजेल, ईश्वरी पौडेल र उमेश पोख्रेललाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला ट्राफिक प्रहरी धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

घाइते अन्य १४ जना जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि घर फर्केका छन् । माइक्रोबसको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org