ताजा समाचार

सुन तस्करीको नयाँ तरिका: मलद्वारमा लुकाएर ल्याएको सुन विमानस्थलमा समातियो, तस्करी गर्ने भारतीया नागरिक

काठमाडाैं २२, असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित दुई जना पक्राउ गरेका छन् ।

पछिल्लो समय नेपाल सुन तस्करीका लागि सुनाैलो गन्तव्य बनेको छ ।  नेपालमा अहिले सुन तस्करिको जालोको बारेमा चर्चा भइरहदा बिहीबार एक किलो ८६० ग्राम सुन बरामद भएको हो ।

फ्लाइ दुबईको विमानबाट बाट आएका उनीहरू विमानस्थललाई चक्मा दिएर निस्किसकेका थिए । विमानस्थलमा रहेको स्क्यानिङ मेसिनले उनीहरूले सुन बोकेको देखाएको थिएन।

भारतको केरला घर भएका उनीहरूले मलद्धारमा लुकाएर सुन ल्याएको विमानस्थलका प्रहरी प्रमुख डिआइजी कमल जिटिले जानकारी दिए।

केरलाका जलारुद्दिन विपिनदत्त कुन्जु मोहम्मद र अर्सल चालायिलले ८-८ वटा सुनका टुक्रा मलद्वारबाट भित्र हालेका थिए ।

शंकास्पद व्यवहार देखेपछि सोधपुछ गर्ने क्रममा उनीहरुले सुन लुकाएर ल्याएको स्वीकार गरेका थिए । चिकित्सकको सहयोगमा सुन निकालिएको छ ।

उनीहरुबाट बरामद भएको सुनको शुक्रबारको बजार मूल्य ९२ लाख ३६ हजार ८८४ रुपैयाँ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org