ताजा समाचार

वीरगंजमा एक करोड अवैध रकमसहित व्यापारी राहुल केसरी पक्राउ, बरामद रकम हुन्डीमा प्रयोग हुने गरेको खुलासा

वीरगंज २४, असार । प्रहरीले एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीले १ करोडभन्दा बढी रुपैयाँसहित वीरगंजका व्यापारी राहुल केसरीलाई पक्राउ गरेको हो ।

आज बिहान केसरीको वीरगंज १२ स्थित रानीघाटमा रहेको पसलमा छापा मार्दा १ करोडभन्दा बढी रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए। एसपी ढकालले भने, ‘ केही समय अगाडिमात्र नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ।’

बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ ।

‘केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘नियन्त्रणमा लिइएका अन्यको संलग्नता छ वा छैन भन्ने बारेमा सोधपुछ गरिरहेका छौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org