ताजा समाचार

कवाडको व्यापार गर्ने निहुमा चोरी, काठमाडाैं मै ३१ लाख बढि रकम चोरीमा संलग्न दुई भारतीया नागरिक पक्राउ

काठमाडौं २४, असार । डल्लुस्थित आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरमा मानिस नभएको माैका छोपि ढोका फोडेर  करिब ३१ लाख ३३ हजार मूल्य बराबरको धनमाल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतको विहार राज्यका मोतिहारी र समस्तिपुरबाट चोरी गर्ने विभिन्न समूह बनाएर नेपाल प्रवेश गरेका गिरोहको दुई सदस्यलाई पक्राउ गरिएको जनाएको छ । उनीहरु कवाडको व्यापार गर्ने बहानामा चोरी गर्दै आएको खुलेको छ ।

चोरीमा संलग्न भारतको बिहार राज्य मोतिहारी जिल्ला स्थायी घर भएका १९ वर्षका करण पोदार र बिहारको समस्तिपुरस्थित महदिलगर थानाका १७ वर्षका सुरज पोदार रहेका छन् ।

महाशाखाका अनुसार झण्डै ३१ लाख ३३ हजार बराबरको धनमाल चोरी भएको हो । शनिवार पक्राउ परेका करण र सुरजलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । उनीहरुले शुक्रबार श्रेष्ठको घरमा कोहि नभएको माैका पारेर चोरी गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ ७२ हजार, अमेरिकी डलर १ हजार १ सय ३५, चोरी गर्दा प्रयोग गरिने फलामको रड, दुई वटा हिराको औंठी, विभिन्न सुनका गरगहना अन्दाजी ६ तोला, मोतीको माला ३ वटा, क्यानडियन डलर ५५, लागूऔषध फेनेरागन, डाइजिल्याप, नोफिन ७८ वटा लगायतसहित उनीहरूलार्इ पक्राउ गरिएको हो ।

उनीहरुमाथि चोरी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org