भालुको पित्तसहित दुई पक्राउ
दार्चुला, २५ असार ।महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्लामा भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ ।
हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए ।
बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले बंगाबगडबाट पैदल हिँडिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।
प्रहरीले उनीहरुका साथबाट ८९६ ग्राम बराबरको भालुको पित्त बरामद गरेको छ । बरामद भएको भालुको पित्त तथा पक्राउ परेका अभियुक्तलाई चिकित्सा जाँच गराई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको उहाले जानकारी दिए ।
Comments
अरु समाचार
-
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...
-
लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पक्राउ
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । उनी विरुद्ध केहि...
-
वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी
काठमाडौं । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया...
-
भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद
काठमाडौं । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका...
-
नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...
-
कोटेश्वरबाट एक युवक पेस्तोलसहित पक्राउ
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। आइतबार कोटेश्वरको ब्लिसफुल होटलको एउटा कोठाबाट पेस्तोलसहित एक युवकलाई...
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...