ऐतिहासिक बाउन्न ढोकाको संरक्षण
कञ्चनपुर, २६ असार भारतसँगको मुख्य कारोवार हुने प्राचीन भीमदत्त नगरपालिका–९ टुँडिखेलको ऐतिहासिक ब्रह्मदेवमण्डी (५२ ढोका) तारबार गरी संरक्षण गरिएको छ ।
भीमदत्त नगरपालिकाले पुरातात्विक महत्वको मण्डीको संरक्षण गरी प्रचारप्रसारका लागि संरक्षणको कार्यक्रम अगाडि बढाएको छ । सोअनुरुप स्थानीयवासीले मण्डीको जग्गा कब्जा गर्नसक्ने भएकाले संरक्षणका कार्यक्रम अघि सारेका छन् ।
स्थानीयवासी देवेन्द्र कलौनीले भने, “यो मण्डी पुरानो हो, अहिले जीर्ण भएको छ, यसका भग्नावेशष मात्र छन्, यसलाई संरक्षण गर्न सके नयाँ पुस्ताले पनि यसबारे जानकारी पाउँछन् ।” पुरातात्विक महत्वको ब्रह्मदेव मण्डीको भग्नावेशको संरक्षण गर्न र ऐतिहासिक महत्वको क्षेत्रको जग्गा जोगाउनका लागि तारबार गरिएको छ ।
प्राचीन ऐतिहासिक ब्रह्मदेव मण्डीको संरक्षण गरी पर्यटक पु¥याउनका लागि ब्रह्मदेवदेखि कौवानीसम्म सडक निर्माणलाई प्राथमिकता दिइएको नगरपालिकाक प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । अहिले टुँडिखेलसम्म यातायात सेवा पुगेको छ । चालू आवमा कौवानीसम्म गाडी पुगाउने लक्ष्यका साथ सडक निर्माण अघि बढेको छ ।
ब्रह्मदेवदेखि कौवानीसम्म महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । महाकाली नदी किनारको सो बजार प्रदेश ७ को सबैभन्दा पुरानो हो । महाकाली नदी तटीय क्षेत्रमा रहेको हाल खण्डहरमा परिणत भएको बजारबाट प्रदेश नं ७ मा नून, तेल, लत्ताकपडा, विभिन्न प्रकारका कृषि औजार र धातुको कारोवार हुने गथ्र्याे ।
पहाडी क्षेत्रमा गाडी सञ्चालन नहुँदासम्म प्रदेश ७ का सबै पहाडी जिल्लामा मण्डीबाट समान आपूर्ति हुने गरेको थियो । यसै बजारमा कालोबजारी गर्ने व्यापारीको सामान किसान नेता भीमदत्त पन्तले कब्जा गरी सर्वसाधारणलाई वितरण गरेका थिए । पन्तले सशस्त्र विद्रोहका क्रममा अहिलेका खल्ला, टुँडिखेल र मुसेट्टीलाई आधार इलाका बनाएका थिए । त्यही बेलामा उनले ब्रह्मदेव मण्डीबाट नून, तेल, कपडालगायत सामान कब्जामा लिएर गरीब किसानलाई वितरण गरेका थिए । त्यस बेला महाकालीमा डुंगा सञ्चालन गरी भारतको टनकपुरलगायत क्षेत्रबाट सामान आपूर्ति हुने गथ्र्याे ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...