ताजा समाचार

ऐतिहासिक जुम्ला–रारा अल्ट्रा म्याराथुन शुरु

सुर्खेत २७, असार । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ ।

राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को आज बिहान उद्घाटन गरे ।

सो खेलमा ३२० जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

४९ किलोमिटको उक्त प्रतियोगितामा पूर्वमा झापा, धनकुटा, भोजपुर, मध्यमाञ्चलमा सिन्धुपाल्चोक, काठमाडौँ धादिङ, पश्चिमाञ्चलमा कास्की, स्याञ्जा मध्य तथा सुदूरपश्चिम गरी १४ जिल्लाका खेलाडीले भाग लिएको उहाँले बताए ।
म्याराथुनका प्रतिस्पर्धीले जुम्लादेखि रारा पुग्न दुई हजार ३२४ देखि तीन हजार ६०० मिटरसम्मको उचाइ पार गर्नुपर्नेछ । ट्रेल रेसका खेलाडीको अधिकतम सहभागिता रहेको आयोजक क्लबले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org