भारतीय पर्यटकलाई पर्यटन व्यवसायीद्वारा निम्तो
पोखरा २७,असार। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतीय पर्यटकलाई निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा सो टोली भारतर्फ प्रस्थान गरे ।
विशेषगरी भारतका पटना, बनारस, लखनउलगायतका विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त छ भन्ने सन्देश दिने उद्देश्यसहित टोली भारतर्फ प्रस्थान गरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए ।
“पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ नै, गर्मीको समयमा शीतल, स्वच्छ वातावरणसहित हिमाली एवं पहाडी दृष्यावलोकनका लागि आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचारप्रसार गरिनेछ”, उहाँले भन्नुभयो, “विगत छ वर्षयता निरन्तर सञ्चालन गरिएको यो कार्यक्रमले भारतीय पर्यटक आउनेक्रममा निकै वृद्धि भएको छ ।”
पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनमा लोभिने गरेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन् ।
पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने।
पोखरामा आउने कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको पनि उहाँले जानकारी दिए ।
पाँचदिने सो भ्रमण कार्यक्रमका क्रममा टोलीले लखनउ, पटना, वनारसलगायतका ठाउँमा पुगी त्यहाँका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरिने होटल संघका सचिव गणेश पहारीले जानकारी दिए ।
Comments
अरु समाचार
-
डेङ्गु सङ्क्रमण तीव्र, सावधानी अपनाउन चिकित्सकले सुझाए
गण्डकी, २५ भदौः गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्...
-
भूकम्पको धक्का महसुस
काठमाडौं। मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान...
-
आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। आज जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...