ताजा समाचार

राष्ट्रिय जनावर गाई संरक्षण गर्न भागवत महायज्ञ

काठमाडौँ २९,असार।स्थानीय गाईको संरक्षणका लागि इच्छा लाग्नेबाट सहयोग संकलनका लागि श्रीमदभागवत ज्ञान महायज्ञ शुरु भएको छ ।

श्रीकृष्ण प्रेम संस्था नेपाल (कृप्सन) ले असार २४ गते आइतबारदेखि शुरु गरेको महायज्ञ असार ३० गते शनिबार सकिने छ । अग्रवाल भवन कमलपोखरीमा भइरहेको महायज्ञमा उपस्थित हुनेलाई सहयोग गर्नेपर्ने अनिवार्यता नगरिएको अध्यक्ष लक्ष्मी पोखरेलले राससलाई जानकारी दिए।

“भागवत मागी खाने भाँडा बनेको छ, हामी कथा सुन्न सबैलाई आमन्त्रण गर्छौं, कथा सुन्दैमा दान गर्नुपर्छ, भन्ने अनिवार्य छैन, गीत, संगीत र नृत्यका माध्यमबाट स्रोतालाई दान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होइन”–उनले, भने ।

कार्यक्रममा आचार्य इन्द्रेशले कथावाचन गरिरहनुभएको छ । इच्छुक दाताले दिएको सहयोग कार्यक्रम सकिएपछि असार ३१ गते गणना गरी सार्वजनिक गरिने संस्थाले जनाएको छ । सहयोगबाट सडकमा रहेका स्थानीय गाईलाई संरक्षण गर्न प्रयोग गरिने छ । हालसम्म पशुपति नन्दीस्थलमा जम्मा भएका नौ वटा स्थानीय गाईलाई छुट्टै राखेर संरक्षण गरेको जनाइएको छ ।

पश्चिमा देशमा भएको वैज्ञानिक अनुसन्धानले जुरो र सिङ भएका स्थानीय जातको गाईको गहुँत, गोबर एवम् दूध धेरै रोगका औषधि हुने तथ्य प्रमाणित गरेको छ । शास्त्रीय रुपमा स्थानीय गोरस् पवित्र मानिन्छ । पछिल्लो समय नेपालमा पनि स्थानीय गाईको संरक्षणका लागि संस्थागत पहल शुरु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org