ताजा समाचार

सुन तस्करी प्रकरण: मुख्य अभियुक्त ‘गोरे’का भाइ रमेश उप्रेती यूएइमा पक्राउ

काठमाडौं ३१, असार । सुन तस्करीमा एकपछि अर्को गर्दै मान्छे पक्राउ परिरहेका बेला  ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका छन् ।

उनी विरुद्व अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । त्यसपछि उनको खोजी कार्य जारी रहँदा संयुक्त अरब इमिरेटस (यूएइ)मा केहि दिन पहिले पक्राउ परेका हुन् ।

एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।

पक्राउ परेका उप्रेतीलाई नेपाल ल्याउनेबारे तयारी भइरहेको गृह स्रोतले जनाएको छ ।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org