ताजा समाचार

रमिला र खुमनको तीज गीत ‘भुरुरु उडेको पुतली’

काठमाडौँ ।  गायिका रमिला न्यौपानेले हिन्दु नारीको पर्व तीजलाई लक्षित गरी ‘भुरुरु उडेको पुतली’ बोलको गीत बजारमा ल्याएकी छन् । चर्चित गायक खुमन अधिकारीले रमिलालाई साथ दिएका छन्।

गीतमा अधिकारीको लय र शब्द छ। बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त प्रस्तुति रहेको यो गीतको बजार व्यवस्थापन मायालु इन्टरनेटमेन्टले गरेको छ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

यसवर्ष ४ ओटा तीजका गीत गाइसकेको गायिका न्यौपानेले जानकारी दिइन् ।

 

भिडियो हेर्नुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org