ताजा समाचार

वाइसिएल आक्रामक बन्दै, सरकार बिरोधिलाई प्रतिबाद गर्ने

काठमाण्डाैँ  ४,साउन । वाईसीएल नेपालको काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारीको बैठक संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ ।पछिल्लो समय  प्रतिपक्ष दल नेपालि काग्रेस र काग्रेसका    भात्रि संगठनहरुले अनाबश्यक रुपमा सरकारको आलोचना गर्दै आएको र सरकार , नेतृत्वको बचाउ को सस्थागत प्रतिबादको लागि आग्रह गरेको छ।

सरकारलाई अनावश्यक रूपमा विवादित गर्ने, लान्छना लगाउने, मन्त्रीहरुलाई बदनाम हुने खालको गलत समाचार सम्प्रेषण गर्ने कार्यको            बिरुद्द  संस्थागत रुपमा डटेर प्रतिबाद गर्ने, सरकारका राम्रा कामहरूको प्रचार प्रसार गर्ने जनपक्षीय कामको लागि सचेत पहलकदमी लिइरहने र नराम्रा कामहरूमाथि खबरदारी गर्ने निर्णय गरेको वाइसीएलका केन्द्रिय महासचिब सुबोध शेर्पालि ले जानकारि दिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अनावश्यक आन्दोलनको प्रतिवाद र भण्डाफोर गर्ने निर्णय गरेको छ । निर्णय तदारुकतासाथ कार्यन्वयन गर्न मातहतका सम्पूर्ण कमिटिलाई केन्द्रीय कार्यालय निर्देशन गरेको  शेर्पालिले बाताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org