करको दायरा घटाउन जोड
काठमाडौँ, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले चालु आवमा सरकारले घर, जग्गालगायतका सम्पत्ति तथा इन्टनेट शीर्षकमा वृद्धि गरेको करको दायरा घटाउन माग गरेका छन् ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षत्कारमा उनले पेट्रोलियम पदार्थ सर्वसधारणलाई बिक्री गर्दा सरकारले प्रति लिटर २५ पैसा अतिरिक्त शुल्क असुल गर्ने निर्णय वैज्ञानिक र सामाजिक न्यायको पक्षमा नरहेको बताए ।
पैतिृक सम्पत्तिमा समेत ५ प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेच गर्दा दुबै पक्षले थैलीको १२।५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायीलगायत विपन्न जनतालाई ठूलो मर्का परेको अध्यक्ष राणाको भनाइ थियो ।
बजारमा आकासिँदै गएको महँगी तथा खाद्य पदार्थको भाउ बढेकामा उनले चिन्त व्यक्त गर्दै सरकारले कालोबजारीयालाई नियन्त्रण गर्न नसकेकाले जनतालाई समस्या भएको बताए ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न, कर वृद्धिका कदम तत्काल फिर्ता लिएर जनतालाई महँगीको मारबाट बचाउन रातहत कार्यक्रम ल्याउन राप्रपाले सरकारलाई आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...