ताजा समाचार

असफल जनप्रतिनिधि साबित भए सिस्ने गाउँपालिकाको वडा नं ३ का अध्यक्ष खड्का

रुकुम पूर्व ६, साउन । प्रदेश नं ५ अन्तरगत सिस्ने गाँउपालिकाको वडा नं ३ मा संघिय सरकारको बजेट बिनियोजन भएको छ ।

चालू आर्थिक वर्षको ५३ लाख बजेट वडा नं ३ मा आएकोमा बजेट बिनियोजनमा समानता नभएको भन्ने टिप्पणी आइरहेका बेला रुष्ट पोखरावासीहरु  अध्यक्ष पशुपति खड्का लाई असफल जनप्रतिनिधि को संज्ञा दिएका छन ।

वडापालिका अध्यक्ष पशुपति खड्काले बजेट बिनियोजन प्रकृयामा समान किसिमले गर्न नसकेको   असफल जनप्रतिनिधि  भन्दै चाैतर्फि   बिरोध भइरहेको स्थानिय युवा चिताराम खड्काले बताए ।

भुगोल , जनसंख्या , ज्वलन्त आबश्यकतालाइ बाइपास गरि हचुवाको भरमा बजेट पास गरेको भन्दै अध्यक्ष खड्काको चाैतर्फि आलोचना भइरहेको छ ।     साैजन्य विद्यालय मर्मतको नाममा मात्रै आठ लाख बजेट बिनियोजन गरिए पछि सुरुभएको असन्तुष्टिमा तेल थप्ने काम अन्य शिर्षकको बजेटले एकै ठाँउमा केन्द्रित बजेटले गरेको खड्काले जनाएका छन् ।

वडापालिका अध्यक्ष पशुपति खड्काले आफ्नो घरभएको स्थान माथिल्लो पोखरामा सडक निर्माण गर्न भन्दै दुई लाख बजेट बिनियोजन गरेर थप आलोचित भएका उनी स्थानिय गाउलेको थप तारो बन्ने पक्का जस्तै भएको छ ।

अधिकांस बजेट पांगामा परेको भन्दै अध्यक्ष खड्काको आलोचना तिब्र रुपमा भएकाले उनको साथ र समर्थनमा रहेका तत्कालिन उनका भोटर समेत बिपक्षमा उभिने भन्दै आलोचना हुन थालेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org