ताजा समाचार

तरुण दल नवलपरासीका जिल्ला सदस्य पेस्तोलसहित पक्राउ

काठमाडौं ७, साउन । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सदस्य किशोर आचार्यलाई प्रहरीले आइतवार साँझ ७ः३० बजे बर्दघाटको टिसियन चोककाट पेस्तोल र खुडासहित पक्राउ गरेको छ ।

बर्दघाट नगरपालिका–१०, ध्रुवटोल घर भएका आचार्यलाई शंका लागेर खानतलासी गर्दा उनको साथबाट फलामको खुँडा र पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्र भट्टले जनाए ।

पक्राउ परेका आचार्यलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीमाथि हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org