विमानस्थलनजिकै आत्मघाती आक्रमण
काबुल ७, साउन । अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ ।
विमानस्थलको प्रवेशद्वारमा भएको यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
यस आक्रमणमा परी एएफपी समाचार समितिका एक चालकको समेत मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १०७ जना घाइते भएका छन् ।
निर्वासनमा रहनुभएका अफगान उपराष्ट्रपति अब्दुल रसिद दोस्तुमलाई स्वागत गर्न जम्मा भएका समूहलक्षित सो आक्रमण भएको जनाइएको छ ।
एक प्रत्यक्षदर्शीले आफूले जीवनमा पहिलो पटक यसप्रकार आत्मघाती आक्रमण देखेको एएफपी समाचार समितिलाई बताएका छन् ।
यस घटनामा परी २३ व्यक्तिको मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका काबुल प्रहरी प्रवक्ताले पुष्टि गरेका छन् ।
मारिएका व्यक्तिहरुमा सुरक्षा बल र ट्राफिक प्रंहरी पनि रहेका प्रवक्ताले थप जानकारी दिएका छन् ।
शुरुमा यस आक्रमणमा परी १४ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ६० घाइते भएको समाचार आएको थियो ।
स्वास्थ्य मन्त्रालयले दिएको पहिल्लो जानकारीमा २३ को मृत्यु हुनाका साथै अन्य १०७ घाइते भएका छन् । तर घाइतेमध्ये केही व्यक्तिको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि मन्त्रालय आशङ्का व्यक्त गरेको छ ।
एएफपी समाचार समितिका ३१ वर्षीय सवारी चालक मोहमद अख्तारको पनि यस आत्मघाती आक्रमणमा मारिएका छन् ।
वरिष्ठ सरकारी अधिकारी, राजनीतिक नेता र समर्थकहरु आफ्ना नेता दोस्तुमलाई स्वागत गर्नको विमानस्थलमा जम्मा थिए । यस आक्रमणको इस्लामिस्क स्ट्टेस (आइएस) ले जिम्मा लिएको छ ।
Comments
अरु समाचार
-
प्रहरी जवानको हत्या आरोपमा छजना पक्राउ
काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...