ताजा समाचार

सिरियल किलर अभिषेकको नेतृत्वमा कारागार भित्रै हत्या

काठमाडाैं ८, साउन । प्रेमिकाको हत्यामा सजाय भोगिरहेका एकजना कैदीको जेल भित्रै हत्या भएको छ ।

कर्तव्य ज्यान तथा जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भक्तबहादुर सुनारको कारगारभित्रै हत्या भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरेर अर्का कैदी ‘सिरियल किलर’ अभिषेक सिंहको योजनामा विष खुवाएर सुनारको हत्या गरिएको जानकारी दिएको छ। कैदी मनोज चौरसियाको समेत संलग्नता देखिएको छ। ब्यूरोका निर्देशक नारायणसिंह खड्काका अनुसार सुनुवारको जेलभित्र नै हत्या भएको हो ।

सिंहले सुनवारलाई खानमा बीष मिलाएर हत्या गरिएको देखिएको हो । सिंह कर्तव्य जान मुद्दामा पाँच वर्षदेखि कैद भुक्तान गरिरहेका व्यक्ति हुन् । कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको हुनसक्ने भन्दै मृतकका परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org