हाँस्दै प्रवेश गरेका मन्त्री जब भावुक हुदैँ भने-“देश र जनताका लागि राजीनामा”
काठमाडौं ९,साउन । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनले मंगलबार राजीनामा दिएका हुन् ।
दिउँसो २ बजेपछि मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भयो । तामाङसँगै उपस्थिति थिइन् पत्नी उषकला राई । हाँस्दै पत्रकार सम्मेलनमा प्रवेश गरेका तामाङले आफ्ना कुरा पनि हाँस्दै राखे । मन्त्रालय सम्हालेको छोटो समयमा आफूले गरेको कामको फेहरिस्त सुनाए । ३ असोजसम्म सबै कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार काम गरेको बताए । मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन बनेर अगाडि बढिसकेको जानकारी दिए ।
सार्वजनिक पद धारण गरेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन मन्त्रिपरिषदमा दर्ता भइसकेको, प्रदेश तहलाई १७ वटा कानुन बनाएर पठाएको, स्थानीय तहका न्यायिक समितिका लागि आवश्यक कानुन पनि पठाइसकेकोलगायतको प्रगति सुनाउँदै गर्दा उनी रोकिए । यी सबै कामहरू अन्तत्वगत्वा‘भन्दै भावुक बनेका उनी केहीबेर बोल्न सकेनन् । उनका आँखाबाट आँशु झर्न थाल्यो ।
सुशासन कायम गर्न र भ्रष्ट्राचार अन्त्य गर्न कानुनमा सुधार गर्नुपर्ने आफ्नो मान्यता रहेकाले सोहिअनुसारको कानुन बनाउने काम गरेको बताए । समयमा सम्पति विवरण नबुझाउने २५ जना न्यायाधिसलाई ५ हजारका दरले जरिवाना लगाउने न्यायपरिषदबाट निर्णय गराइएको बताए ।
आफुले मन्त्रीपदमा रहेर गरेका प्रगतिबारे जानकारी गराउनेक्रममा उनले यी सबै कामहरू अन्तत्वगत्वा….। भन्दै पुनः भावुक भए । पटक पटक आँशु पुछ्दै बोल्ने प्रयत्न गरेपनि उनको गला अवरुद्ध भइरह्यो । अन्ततः सम्हालिएर बोल्दै उनले समयसिमा भित्रै मौलिक हक कार्यान्वयन गर्ने कानुन बन्ने दृढता व्यक्त गरे ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तामाङले गत २ चैतमा मन्त्रीको रुपमा सपथ लिएका थिए
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...