प्रदेश नं ७ मा चेक अनादरका (बाउन्स) मुद्दा बढ्दै
भीमदत्तनगर, १० साउन । प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ ।
प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ ।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्टले चेक अनादर मुद्दामा अधिकांश अभियोग माग दाबीबमोजिम फैसला भएको बताए ।
‘थोरैले मात्रै सफाइ पाएको तथ्याङ्क छ ।’ उनले भने–‘ केहीले आशिंक सफाइ समेत पाएका छन ।’
उक्त मुद्दामा बाणिज्य अदालतले ३ महिनासम्म कैद वा बिगो बमोजिम जरिवानासमेत सजाय फैसला हुने प्रावधान रहेको उहाँले बताए ।
गत २०७४ पुष १३ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश नं. ७ मा उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत महेन्द्रनगरमा उच्च अदालतको नियमावली २०७३ को नियम ६६ (२) बमोजिम बाणिज्य इजलास गठन भएको थियो ।
बाणिज्य इजलासले चेक अनादरमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १७ बमोजिम कारबाही गरिरहेको छ ।
‘कसुर भएको थाहा पाएको एक बर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्छ ।’ शाखा अधिकृत भट्टले भन्नुभयो–‘जाहेरी दिएको छ महिनाभित्र प्रहरीले तोकिएको अदालतसम्म पु¥याउनुपर्ने हुन्छ ।’
छ महिनाको अवधीमा बैंकमा तीन पटकसम्म चेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएको भए चेक अनादरमा कानुनी उपचार खोज्न सकिन्छ ।
बैंकिङ कसुर तथा सजाय ऐन अनुसारको दफा ३ ‘ग’मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको थाहा पाइ जानी–जानी चेक काटी दिनुलाई कसुर मानेको छ ।
एउटै व्यक्तिले फरक÷फरक व्यक्तिलाई रु ८५ लाखसम्म दिएको मुद्दा यहाँ आएको छ ‘शाखा अधिकृत भट्टले भन्नुभयो– तत्कालीन अवस्थामा महेन्द्रनगर बाणिज्य इजलास तोकिएपछि यहाँ क्षेत्राधिकार पर्ने १९ वटा मुद्दा नेपालगञ्जबाट सारिएको थियो ।’
बाणिज्य इजलास यहाँ गठन हुनुअघि सुदूरपश्चिमका बैंकिङ कसुरका मुद्दाहरु नेपालगञ्जलाई हेर्ने क्षेत्राधिकार तोकिएको थियो ।
चेक अनादरका अधिकांश मुद्दा कैलाली जिल्लाबाट आएको उनले जानकारी दिए । ‘मित्रवत, आफन्तबाटै बढी चेक अनादर भएको मुद्दाहरु छन् ।’ भट्टले भन्नुभयो–‘यसमा अधिकांश महिला संलग्न छन् ।’
‘आवश्यक प¥यो केही दिनलाई सहयोग गर्नुस् भनेर पैसाको लेनदेन बढी भएको देखिन्छ ।’ उनले भने– ‘मिटरब्याज र अनाधिकृत रुपमा ढुकुटी खेलाउनेबाट बढी प्रभावित छन् ।’ चेक अनादरको जाहेरी प्रहरीले लिएपछि मुद्दा सरकारवादी हुन्छ ।
त्यसैगरी बैंकिङ कसुरमा मात्रै रु तीन करोडभन्दा बढी जरीवाना असुल उपर गर्नुपर्ने देखिएको छ ।
जरिवाना असुलउपर गर्न यहाँबाट फैसलाको प्रतिनिधिसहित सम्बन्धीत जिल्ला अदालतलाई कार्यान्वयनका लागि पत्राचार गरिन्छ । ‘शाखा अधिकृत भट्टले भने–‘बाणिज्य इजलासमा आठ वटा मुद्धा किनारा लाग्न बाँकी छन् ।’
बाणिज्य इजलास हेर्न २०७४ माग ८ गते न्यायधीश त्रय दिनेशप्रसाद यादव, नारायण प्रसाद श्रेष्ठ र डिल्लीराज आचार्यलाई तोकिएको थियो ।
‘अनादर चेक दिए कारबाहीको भागेदार हुनुपर्ला भनेर सचेतना अपनाउन सञ्चारकर्मीको भूमिका आवश्यक छ ।
प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायधीश डिल्लाराज आचार्यले भने ।
बाणिज्य इजलास महेन्द्रनगरलाई प्रदेश नं. ७ का नौ वटै जिल्लाका बाणिज्य सम्बन्धी मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका साथै यहाँका चार वटा जिल्ला अदालतमा गरी गत आर्थिक बर्षमा एक हजार चार सय २६ वटा मुद्दा फछ्र्यौट भएको जनाएको छ ।
उक्त आर्थिक वर्षमा एक हजार सात सय ७६ मुद्दा परेका थिए ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...