ताजा समाचार

शेयरमा गिरावट जारी, सामान्य अंकले घट्यो शेयर बजार

काठमाडौँ १०, साउन । शेयर बजारमा आज पनि सामान्य गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर २५०.९६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता शेयर रु १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज होटल उपसमूहबाहेक अरु सबै उपमूहको शेयर घटेको छ । बैंकिङ १.४४, विकास बैंक १.९८, जलविद्युत् १४.७९, फाइनान्स २.६८, निर्जीवन बीमा २७.१७, उत्पादन स्थिर, अन्य ०.५६, माइक्रोफाइनान्स १५.१६ र बीमा ४९.०८ बिन्दुले घटेको छ । होटल समूह भने ४४.५५ बिन्दुले बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org