ताजा समाचार

भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले बल्ल दियो २ अर्ब, बाँकी रकम कहिले?

काठमाण्डाैँ १२,साउन। भूकम्पपछिको पुनर्निर्माणमा प्रतिबद्धता जनाएको भारतले अनुदान रकममध्ये पहिलो किस्ता शुक्रबार हस्तान्तरण गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई शुक्रबार २ अर्ब १० करोड ४३ लाखको चेक हस्तान्तरण गरे ।
भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बरबरको सहयोगको घोषणा गरेको थियो । २०७२ फागुन ८ गते नेपाल र भारत सरकारबीच नुवाकोट र गोरखा जिल्लाका ५० हजार घरको पुनर्निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ सहयोग गर्ने सहमति भएको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ अर्ब अनुदानमध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन आग्रह गरेको छ थियो । तर भारतले हाल २ अर्ब १० करोड मात्रै दिएको छ ।
यो रकम नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ निजी घरहरुको अनुदान रकमको पहिलो किस्ताका लागि उपयोग हुने छ।
नेपालको पुनर्निर्माणमा भारतले एक खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदानको हिस्सा हुने भनिएको थियो । अनुदानमध्ये १० अर्ब निजी आवास निर्माणमा खर्च हुनेछ। त्यसमध्ये ७५ अर्ब ऋण आयात-निर्यात (एक्जिम) बैंकमार्फत लिन नेपाल सरकारलाई आग्रह गरेको छ ।
भारतीय सरकारको जमानीमा एक्जिम बैंकले नेपाललाई वाषिर्क १ प्रतिशत ब्याजदरमा ऋण दिने छ ।
भारतले पशुपतिनाथका साथै अन्य पुरातात्विक सम्पदा पुनर्निर्माणमा चासो देखाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org